Mar 30, 2009

~~ सुतेको सुत्यै ~~

प्रगतिको बाटोतिर उन्मुख हुन्छ भनि
निधारभरि रातो टिका र मखमलीको माला भिराई
साहुको चर्को ऋणको रतिभर पनि परवाह नगरिकन
मलाई मलेसियाको लागि प्लेन चढाएथे

प्लेन बस्ने ठाँउमा नै केयौ रात गुजार्नु परेपछि
घरको खाना सम्झदै ट्वाइलेटको पानी पिएथे
आफू निर्धन त्यसमा पनि झन लाचारि बढेपछि
अरुले खाएकोहेरी थुक्क थुक्क थुक पनि निलेथे

कम्पनि आइपुग्दा सुनौला सपनाहरुमा डडेलो लागेथ्यो
झन आफूसँग केहि पनि सिप नहुँदा राँगो भइएथ्यो
जसोतसो १०४ हप्ताको रकम पठाएपछि ममा फूर्ती चढेथ्यो
अनि त लहिलहिमै विदेशी फूलहरुसँग रसपान गर्न थालेथे


आहा, मेरा ति दिनहरु कति स्वर्णिम थिए
सायाध्रसँग मानव चोलाका अदभुत पहेलुहरु नियालीरहेथे
तलब उनलाई सुम्पन्थे, मलाई चरमसुख प्रदान गर्थिन्
मैले सबै नै भुलेको थिएँ, मेरो संसार नै उनी थिइन्

बर्षौ बित्यो, सेतो रध्र जुँगामा पनि पस्यो, तर
त्यो दिन, मैले ओछ्यानमा आफूलाई एक्लै पाए
मेरी उनि त उनकै श्रीमान्सँग स्वदेश पो फर्किन रे
छाँगाबाट खसे, झुन्डिन् खोजे, रेटिन खोजे................

अनि मलाई मेरो देश नेपालको याद आयो
तर म त बर्षोको इलिगल पो भइसकेको रहेछु
न जीवन छ न जाँगर नै, न शक्ति न शरिर नै
बुढेसकालको साहारा पैसा पनि बाँकी छैन्

तब मैले पैसाको महत्व बुँझे, चिने, पछुताए
मेरा प्यारा बा आमाको अनुहार सम्झे, गाउँ सम्झे
पैसाका लागि द्धिचरित्र भएका विदेशीका बुढी सम्झे
त्यस्ताका लागि सर्वत्र सुम्पनै आफैलाई निहाले
अनि दुइ हातले आफनै अनुहार लोपार्दे
एक रात, सुतेको सुतै भए, सुतेको सुतै भए