Feb 9, 2009

~~चाइनिज नयाँ बर्ष ~~


.........................

.........................
यसपाला
साँढेको गुनगान गाउँदै,
साढेको कलालाई आत्मसात गर्दे
हरेक बर्षे रङ्गिने
चाइनिज समुदायको
सबैभन्दा ठुलो पर्व
चाइनिज न्यु इयरलाई
नजिकबाट चियाए

तिहार जस्तै गरी रङ्गेका
कलात्मक दृश्यहरु
थरि थरिका अनुहारमा झल्केका
अदभुत उमङ्गका दृश्यहरु
सबैथरिका रैथानेहरुका माझ
उतिनै लोकप्रिय देखिन्थ्यो,
परैबाट सुर्य बलेझै देखिन्थ्यो।

विदेशी कामदारले भरिएको, मलेसिया
सबैभन्दा जाँगरिला भनिएका, चाइनिज
सबैभन्दा भरपर्दा भनिएका, हामी नेपाली
चाइनीजहरुको कम्पनिमा काम गर्ने
आप्रवासी कामदारको कथा
हरेक बर्षको साँढेको उन्मात सँगै
विश्राम पाउँने गर्छ
केही दिनको लागि भएपनि राहत पाउँछ
सबैले शान्तिको सास फेर्ने मौका पाउँछन्

रेष्टुरेन्ट भनुँ या ब्यापारीको ब्यापार,
गाडि भनु या यात्रीले टिकट काट्ने काउन्टर
चारैतिर दलालीको सलबलाउट देखिन्छ
कोही यात्रीलाई सहयोग गर्ने नाममा,
त, कोही अरुको अनभिज्ञताको
फाइदा उठाउँदै, सबै आ–आफ्नै तालमा
आफनै स्वार्थमा मस्त रहन्छन्।

प्रवासमा,
विदेशीएका सुगन्धित फूलहरु,
रसपान गर्दे अनि गर्ने आसमा
लुकी बसेका आत्माहरु,
विदेशीलाई आफ्नो जीवन सुम्पेर
रित्तिएका हाम्रा खल्तीहरु
पहिला मोज गरेर फूर्सदमा
छाति ठोक्ने नेपाली छातीहरु
त्यसै, त्यसै
मलेसियाको हरियालीमा
दशकौ बिताइरहेछन्।
भोली थाहा छैन्,
कालरात्री नै किन नहोस
जे छ आज नै छ भनि
कोदोको रक्सि, चुरोट र वाइन
मुखका लागि चौरासी ब्यन्जन
बनाइरहेछन् छन्।
लट्टिएका छन्, मात्तिएका छन्
देखावटी भाका पसार्दे
तेर्सिएका छन्
रुप छ, सुगन्ध छैन्
नोकरी छ, पैसा छैन्
साथ छ, भविष्य छैन्
त्यही पनि हरेक सालको नयाँ बर्ष
आप्रवासी कामदारहरुलाई
सुन्तला र बोनसको
बर्षा गराएर जान्छ।
केही पलको लागि हसाएर जान्छ।
सबैका मुहारमा खुशीयाली छरेर जान्छ।

म त मात्र मुक दर्शक
हेर्देछु, ताली पड्काइरहेकोछु
समय अनुकुल आफूलाई परिवर्तन गर्ने खोज्दै
एकै बर्षमा ६–६ वटा नयाँ बर्ष मनाइरहेको छु।
एकै बर्षमा लगातार ६ वटा नयाँ बर्ष मनाइरहेको छु।

~धन्यवाद
.....................