Apr 9, 2009

~~विवधता ~~



~~~~~~~~~~~~~~~~~~~~
सुनसान रातको धनधोर अँधेरीमा
टिप टिप ज्योति छर्ने जुनकिरीहरु
रात्रि परिवेशको फाइदा उठाउँदै
आलिध्रगन र रसपानमा झुम्ने मानिसहरु

टाउको फुट्ने सू्र्यको प्रचष्ड रापसँगै
साँगुरीदै जाने हाटबजारहरु, त्यहि
टु पिसमा सजिइ एकले अर्कालाई
उछिन्न खोज्ने रङ्गिन फिल्मी दृश्यहरु

कोही मस्त छन्, मात्तिएका छन्
आफनै संसारमा हराएका छन
कोही श्रमिक छन्, शोषित छन्
खान समेत पाएका छैनन्

कहि हिउँ छ, हिमाल छ
कठाङग्रिने चिसोले जीवन मलिन छ
कहि गर्मि छ, पानी छैन्, टाउको
लुकाउने टहरो पनि छैन्
तैपनि जीवन चलेको नै छ

पहिले मारकाट, लुछातान अनि
जताततै आंतङ्कको कुहिरो थियो
देशभरिनै चोर, ढाका, चन्दा, हत्या
विस्फोट र विद्रोहको राज थियो

अहिले विद्रोहीले नै शासन गर्दैछन्
तैपनि आंतक जन्मिरहेछ, लुट
मच्चिरहेकै छ, हिसां बढिनै रहेकोछ
नातागोता फस्टाइरहेका नै छन्

नेपाल अवनतितर्फ नै उन्मुख छ
देशको शान गिर्दो नै छ, विदेशी
हासेकै छन्, नेपालीलाई ऋण
बढीनैरहेको छ, बढीनेरहेछ
खै त विवधता, खै त उन्नति
पहिले–अहिले अनि कोहि–कोहिमा
पहिले–अहिले अनि कोहि–कोहिमा