Dec 19, 2008

~~ खोजीरहेछ ~~


..................
सुनसान रात भित्र लुकेको अँधेरीले
मनभित्रको तित्ततालाई मेटाउन
कोइलाको डिङगुरमा हिरा खोजेझै
मेरो मनमा हर्षको बहार खोजिरहेछ

नास्तिक र आस्तिक बीचको वर्ग संघर्ष झै
कहिल्यै नटुङ्गिने राजनितीक लडाइमा
निपुणता प्राप्त गर्ने होडबाजी भएजस्तै
बिचारका प्रलयहरु बहुमत बनाउन लागिरहेछन्

आकर्षण बिनाको रोजाई अनि बुझाई जस्तो
मन राख्न टाउको हल्लाएर हाँसिदिए जस्तो
आफुले नपाएपछि गन्धकी फैलाउने स्वार्थ जस्तो
मेरो मन आफैमा आफनै बिचारले अल्झिरहेछ

अघि बढौ, धमिलो छ बाटो, उद्देश्य छैन्
बसौ, सतहि ज्ञान छैन्, पछि परिने क्रास छ
माथि जाऔ, कायरताले पराकाष्टा नागेको छ्रैन्
आखिर के गरौ त,
मेरो मन त्यसै त्यसै सोचमग्न छ
अदभुत सपनिकी परिलाई खोजिरहेको छ
लक्ष्य भेटाइदिने परिलाई याद गरिरहेको छ
……………………..याद गरिरहेको छ।

कपिल आचार्य