Dec 4, 2008

~~~StorY of oNe gUy~~~

..............................................
एका देशमा एउटा केटा थियो ! नितान्त गाउले केटो, न कुनै रिस न-राग, न छलकपट नै
गर्न जान्द्थ्यो । उ त बस हेर्थो, सिक्थ्यो अनी त्यस्लाई आफ्नै दिमाग ले सम्झे बुजे अनुसार
अनुसरण गर्थ्यो । समय न हो, विती रहेको थियो आफ्नै गतीमा ! निर्दयी समय,
कसैको मतलब छैन, यस् स्वार्थी परिवेसलाई ! घोडालाई लगाम लगाइ हिनाए जस्तो सिदा
हेर्छ, मात्र सिदा, अनी आफ्नु गर्छ । आफ्नु बारेमा सोच्छ, बस आफ्नु बारेमा, मा नौ, उ नै
हो यो धर्ती मा मात्र उ । त्यो गाउंले वालक सिकी रहेको थियो अरु लाई हेरेर, पाइला बडाई
रहेको थियो, अरुको देखेर । अनी चक्क पर्थ्यो आँफै घोत्लिन्थो, अनी फेरी मुटु दरो बनाएर
अली कठोर भ्एर लड्न निस्क्न्थ्यो ! विश्वायुद्द ताका लड्न निस्केका सेना जस्तो ! फेरी शहर
को भिड मा भनु कि स्वार्थी मनुस्स को बिच मा पेलिन्थो । अनेकौ आरोप अनी
ताना-बाना उसैले सहनु पर्थ्यो, आँफै ले आफ्नु मन बुजाउथ्यो । अनी गरीब भनी गनिए
पछी पाउने उपहार सम्जिन्थ्यो, देखावटी सम्पन्नता को खास्टो ओडेका माथिल्लो वर्गलाई
हेरी ! अनी उसले आफ्नु बास्थान सग-सगै उसको नामाकरण सुन्थ्यो "गरीब, खाते,
भिखारी, सडक् छप्, खान नपाएका, आदी" इत्यादी कता-कता खुशी हुन्थ्यो नाम पाएकोमा,
अनी जब अपरिचित छिमेकीहरुले सम्जाउथे खान नपाएको भनी, तब उ आफु ले आफुलाई
हेर्थ्यो अनी भोक लाग्थ्यो !
.................................................
तब उस लाई सन्सारिक मोहले सता-उय्थ्यो ! अनी अरु जसतै हुने सपनाले सताउथ्यो !
भोको पेट अनी चिसो चिडी भए पनि सुथ्यो बदो आनन्द ले मानौ सबै सुविदा ले भरिपूर्ण
छ उसको त्यो बास स्थान, सपनामा नै उसको त्यो अनपड दिमाग लाई दौडाउथ्यो, लाग्छ
नासाले अन्तरिछ तिर यान डौडाइ रहेको छ !! केही बन्ने होडमा केही गर्ने जोसले, भोको
पेट लिएर, मरन-चासे हात खुट्टा लिएर भएजती सबै जागर निकालेर ! तब उस माथि
केही पर्छ !! उसको निद्रा भताभुङ हुन्छ !! उस माथि त यस् धर्तीका सभ्य भनाउदा
मानिसहरुले फाकेका प्लास्टीक्का पोकाहरुको बर्षा भ्ई रहेको हुन्छ । ठुलो - ठुलो सपना
देखेकोले होला उसलाई भोक लागेर आउछ, पेट त्यसै कराएको आभास उसले पाउछ उसको!
त्यही वरिपरिका पोकाहरु खोलेर हेर्न थालदछ, केही पाउदैन खान को लागि ! अब उठेर
हिड्छ उ, अनन्तको यात्रा तर्फ लम्कन्छ, थाहा छैन कहाँ जादै छ ? किन जादै छ ? बस
बगीरहेछ एकोहोरो बर्षादको भेल झै !! उकुस-मुकुस पिडा मन भित्र लुकाएर बस उ !!!
हिनी रहेछ - हिनी रहेछ !
........................................
जादा - जादै, उ एउटा होटेल अगाडि पुग्छ ! उसको पेट कराई रहेको हुन्छ !! देख्छ,
मान्छेहरु खाइरहेका छन, सबैले अलग अलग परिकार खाइ रहेका छन, अनी थाहा पाउछ सबै
एउटै हुँदा-रहेन छन भनी ! उसलाई एउटा भए कस्तो हुन्थ्यो भन्ने छ, यहाँ त उ टोलाई
रहन्छ हेरेको हेरै हुन्छ, लाग्छ उसलाई त्रिप्प्ती भई रहेको छ देख्-छ ! उसको आँखा एक
जना मान्छे माथि पर्छ, त्यो मान्छे ले हात थापेर केही मागी रहेको छ जस्तो लाग्छ
उ हेरीरहेको हुन्छ । तर उ अकास्मात अवाक हुन्छ, छक्क पर्छ । त्यो हात थापेर मागी रहेको
मान्छे ले त !! होटेल को उम्लेको पानीको जटारो पाउछ ! मन्-मनै सो च् मग्न हुन्छ "दिन
नस्कनेले नदिनु नि बरु, किन झन ढु:ख दिनुहोला ? नदिए भ्ई हालो नि"
हेरेको हेरै हुन्छ, उसले थुक्छ त्यो होटेल मलिक को बिचारलाई अनी आफ्नु बाटो हीन्न
मात्र के लगेको हुन्छ उसले कोही कराको झगडा गरे जस्तो आवाज सुन्छ ! रोकिन्छ अनी
होटेल भित्र हेर्छ !! २-३ जना ज्याम्ले हेर्दा डर्-लाग्दो देखिने मानिसहरु ! खाइ सकेर
रमाइलो गरीरहेका रहेछन हिंड्ने बेलामा जिस्केका रहेछन ! उसलाई रमाइलो लाग्छ,
तिनीहरु हो हाउ-भाउ रोकिएर हेर्न थालद्छ ! उनिहरु त ! खाएर सिदा निस्की रहेका छन !
पैसा तिरेका छैनन उनिहरुले, उसले देखी रहेछ ! तुरुन्त कामदारलाई मालिक ले पैसा लिन
भनी पठाउछ ! त्यो कामदारले तिनीहरुको छेउमा डौडदै आएर, अनी दाई खाको पैसा मात्र
के भनेको थियो ? मुखै मा मुक्का भेटछ "हामी सग पैसा माग्ने" !! त्यो कामदार भुईमा
लडी सकेको हुन्छ ! उ हेरेको हेरै हुन्छ ! टाउको हल्लाउछ, हैन सपना हैन उसको त्यो
आभास पाउछ, विपनी मै देखीरहेछ उसले ! त्यही होटेल मालिक आएर उल्टै तिनीहरुको
सामु हात जोडेर हजुरहरु लाई चिनेनछ ! नयाँ काम गर्ने भर्खर गाउबाट ल्याएको भन्दै,
उल्टै १ थप्प्ड बजाउछ ! त्यही कामदारलाई, विचारा त्यो कामदार हेरेको हेरै हुन्छ !
................................................
उसले सिक्छ, त्यस बाट सोजो हुनु हुन्न रहेनछ भनी ! अबी त्यही झाप्ले दाई हरुको
अनुसरण गर्न थालदछ, के गर्दा रहेछन भनेर, यस् धर्तीमा जिउदो रहन्को लागि सजिलो
उपायाको पछी लाग्छ ! अब उसका लागि ति दाईहरु नै प्रेरणाका श्रोत वन्न पुग्छन । मागेर
हैन खोसेर अनी धम्काएर लिन् सिक्छ उसले । अब त्यो पहिला को गाउले केटो रहेन अब
। हे र्दैइ डर लाग्दो ४-५ जना लाई पछी लगएर हिन्ने नामुद् पेसेवर वक्तित्यमा गनिन
थालयो । अब त्यो भोको, अनाथ, भिखारी, खाते बालक रहेन उ ! त्यो त्यो सानो घटना
ले उसको जीवनमा आकाश पातलको परिवर्तन ल्याई दियो ।
................................................................
हो रहेछ !! राती हिन्दा पछाडि फर्केर हेर्न हुन्न भने झै अब त्यो वालक पछाडि फर्केर हेर्न चाहदैन
अनी सम्जिन समेत् चाहदैन आफ्नो त्यो विगतलाई !! आन्धकारमए सपना थियो भनी भुलिदिन्छ !
म त्यस्तो थिए भनेर विश्वास गर्दैन उसले, म त्यस्तो हुन सक्तिन भन्न थालि सक्यो अब उ !
...................................................................
तर पनि बाटो हिन्दा, जादा कोही त्यस्तो देखी हाल्यो भने सहयोग गर्न भुल्दैन उ !!
गर्ने मान्छे ले बिचरा भनेर दया देखाउदैन गरेर देखाउछ, भन्न् थालेको छ !
.......................................................
समय बिती रयो कती सेकेन्ड बिते, घण्टा बिते, रात बिते दिन बिते, महिनौ महिना बिते, बर्ष बिते !
सुन्ददरता यौबन रहुन्जेलका लागि मात्र हो भने झै, समयको वहाँब सगै उसमा फेरी परिवर्तन आउन
थालेको छ ! नपाउन्जेल सम्म के-के न हो, पाए पछी त्यही न हो भने झै अरु नै केही सोच्न थालेको
छ अब उ ! आज सम्मको उसको दैनिकीबाट पनि उ सन्तुस्थ छैन, के-के खोजी रहे जस्तो लाग्छ
उसलाई उ अब आफ्नु दादा-गिरी बाट द्दिक्क भई सके जस्तो छ, वडदो उमेर होकि उसमा आएको
परिवर्तनले हो ! उसमा बद्लाब आउन थालेको छ ! उसका बिचारहरु परिवर्तन हुन थालेका छन ।
..............................................................
उसलाई आफ्नु लुगा हेर्दा पनि मान्छे कराएको तड्पिएको आभास हुन्छ, रगतै रगत देख्छ
उसले आफ्नु लुगाभरी ! अनी आफ्नु पछुवाहरुलाई हेर्छ । उनिहरु को मुहार मा कुनै आत्मग्लानी
पाउदैन उसले !! उनिहरु त नयाँ नयाँ काम गर्न आफ्नु सर्कल बडाउन लागेका देख्छ ! उ घोरिन्छ,
पानीले पखाल्छ आफ्नु शरीरलाई धरै चोटि बस पखाली रहन्छ ! २०-३० जनालाई अगी पिछी
लगार हीन्ने एक्लै निस्कनछ् बाटो तिर ! चारै तिर हेर्छ केही देख्-दैन हिडिरहन्छ । एक्-तमासमा
हिड्दा-हिडदै पशुपती आई-पुग्छ ! खराने बाबाहरु भएका तिर !! गोजीबाट पैसाको मुठो निकालेर खराने
बाबालाई दिन्छ अनी बाबाले दिएको दक्षिणना एक तमासले तान्छ मुटुबाट नै बल निकलेर आगो
बाल्छ भुरुरु टुप्पामा !! यसरी तानो कि, उ त त्यही सुतेछ !! खराने बाबाहरु ले टक्-टकाई दिए उ सग
बाँकी रहेका पैसाका मुठो ! १ दिन पछी उसलाई होस् आउछ आफुलाई हरियालीमा पाउछ, जंगलको
बिचमा ! भित्रबाट प्तिर्खा लागेर आउछ छट्पटाउछ . तल हेर्छ बागमती बगेको पाउछ ! कतै न-हेरी खोला
मा हमफालेर आफुमा रहेको प्यास मेटाउछ ! अनी आफुले हाम फालेको ठाउँ तिर हेर्छ हेरेको-हेरै हुन्छ
!त्यती माथि बाट हाम फालेछ उसले, उसको जिउ सिरिङ्ग हुन्छ , उसले अनुभव गर्छ ! मान्छेले आफ्नु
धोको पुर गर्न जे पनि गर्न, केही पनि गर्न पछी न-पर्ने सक्ने रहेछ भन्ने ! फेरी नुहाउछ त्यही पानीमा
मन लागुन्जेल डुबेर बसी रहन्छ ! रात पर्न थाले पछी जाडो भएको आभास हुन्छ अनी फर्किन्छ !
~~~~~~~~~~~~~~~~~~~~~~~
अब उसलाई हाम्रो दोर्जे जस्तो आफना केटाहरु सबैलाई हास्न हसाउन अनी उचालेर काम गराउन्
मनलाग्न छोडेको छ ! कामबाट मन मर्न थाले पनि काम छोड्न सकी रहेको छैन ! ज्यानको खतरा छ,
सुटुक्क भाग्नु पर्ने बाध्यता मा परेको छ ! पास पोर्ट बनयो तर पनि बाहिर जान भनी चिने जानेकालाई
दिन सक्तैन उ ! थाहा छ उसलाई उसले धरैका धरै थरिका कुरा सुन्नु पर्छ ! उसलाई जानु छ उ अब आफ्नु
हातको कमाइ खान चाह्न्छ ! आफ्नु पसिना चुवाहेर कमाएको पैसाको स्वाद चाखन चाहन्छ !
उसग पैसा न-भएर हैन, यो उसको अन्तर आत्मा को क्रन्धन हो ! उ देखावटी संसार बाट वाक्क भएको
छ ! उसले सुनेको हुन्छ INTERNET बाट धरै साथी बनाउन सकिन्छ भनेर Computer सिक्न जान्छ !
English आउँदैन के गरोस A,B,C, D ........Z सिक्न थालद्छ ! भित्र आत्मा बाट गरियो भने
न-पुग्ने / न-हुने केही रहेनछ भन्ने आभास उसलाई हुन्छ ! आखिर उसले English र Computer सिकेर
नै छोड्छ ! अनी उसको एउटा कोठा बाट संसार सग परिचित हुन्छ ! आज निकै खुशी छ उ ! नयाँ
संसारमा प्रबेस गरेको आभास भएको छ उसलाई अब उसको मन दान धर्म तिर लाग्न थालेको छ
तर पनि आफना पछउटेहरुलाई त्यस्को आभस पर्न दिएको छैन !! अब उ International भएको छ !
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
उसलाई बिदेसिनु छ, उसले गर्दै आएका सबै कर्तुतहरुलाई छोडेर टाढा जानु छ, त्यसका लागि
INTERNET SURF - CHATING गर्न थालेको छ ! उसको मनसाए हाम्रो शेर्पा जि को जस्तो फोरम
खोलेर अरुलाई मनको वह पोखने PLAT-FORM बनाई दिने पनि हैन ! न विमल जि को जस्तो समय
कटाउने माध्यम नै ! न काली जि जस्तो देखावटी मित्रता गरेर आफ्नु परिचय लुकाउने न हो !!
न खराने जि जस्तो फोरम बाहेक अरु तिर नहेर्ने नै हो ! न दोर्जे को जस्तो सबैलाई हसाउने अनी
आफ्नु समान लुकाउने नै हो ! न सोल्टी जि को जस्तो नयाँ मान्छे सग न-बोली अरुको कुरा सुनेर
Pre-Defined गरेर मनमा कुरा राखेर फुलेर बस्ने नै हो ! उ त बस साचो मित्रता को खोजिमा
समर्पित नयाँ मान्छे नयाँ संसारका लागि नयाँ अनुहार मात्र थियो ! English भर्खर जानेको
अली प्रखर बन्ने रहर पनि उसमा थियो ! बस, दिन-भरी उसकी त्यही दिन्-चर्या भनु या
विवसता अनी राती INTERNET SURFING र CHATING. जसरी हामी DUTY मा रहदा या फुर्सद
को समयमा आ-आफ्नै ढंगले गर्ने-गर्छौ ! उ सग पैसा थियो, चोरेको, ठगेको लुछेको नै सही ! तर
उसमा एउटा सोच थियो, कर्ण शाक्य जि को जस्तो देश को लागि त होइन, आफ्नै लागि अनी उ
जस्ता हजारौं बाल्-बलिका का लागि ! किन नि उ जन्मेको किन हो PARENTS को हो ! उसलाई
थाहा छैन ! उ कसरी जन्यो, कसबाट जन्मो अनी किन बाटोमा उसको जन्म भयो उ अनभिग्य छ !
मान्छे को HABIT परिवर्तन हुन समय लाग्छ ! मान्छे जस्तो छ त्यसतै सोच राखछ ! त्यही भएको
होला, परिवर्तन हुन समय लागेको होला ! तर परिवर्तन त भयो त्यो वालक ! हैन र ??
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
PRACTISE त हो भनेर CARE-LESS न-गर्नु, जसले जस्तो PRACTISE गर्छ त्यसतै OUTPUT
त्यसतै दिन्छ ! जसरी केटा-केटीलाई HAND-WRITTING - PRACTISE गर्दा / लेख्-दा जस्तो
लेख्-छन अक्षर त्यसतै हुन्छ पछी-पछी सम्म पनि ! हैन र ??
~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
उ CHATIING गर्न थालेको छ INTERNET-DATING हुन थालेको छ अब उसको ! बिचरा सोजो
मन उसको ! अरुले हासोको पात्र बनाएर उनिहरुको कार्यमा गोटी बनाएको बुजेन उसले ! बस
उसले त सिकी-रयो जानी-रहो, हरेक पल सबैलाई खुशी पर्ने अभी-प्रेरित भईरयो ! तर जानो उसले
जानो उसलाई आफु केटा रहेछु अनी मलाई केटी मान्छे चहिने रहेछ ! एक प्रकारको आकर्सर्ण नै
सई, केटी प्रती आकर्सित हुन थालेको छ अब उ ! उसलाई पनि कौ-कुती लग्न थालेको छ केटी
को मुहार हेरेर घनटाउ-घण्टा बस्न थालेको छ ! छिलिएका गफ गर्न मन लाग्न थालेको छ !
वास्तवमा उ पनि बिपरित लिङ्गी तर्फ आकर्सित हुन थालेको छ ! उसलाई पनि के के छोएर
चुमेर जीवन भर त्यसरी नै सग्-सगै बाच्ने-मर्ने कसम खान मन लागेको छ ! वास्तवमा
उसलाई कसैको साथ चाइएको छ ! विपरित लिङ्गीको अनुहारमा आफ्नु भविस्य खोज्न थालेको
छ ! उसलाई प्रकृतिको लीला / नियम भनो या कसैले FINDOUT गर्न न-सकेको प्रकृतिको
देन, सग मोह जाग्न थालेको छ ! लोबी भएको छ, अनेकौ सपनाहरुको देख्नन थालेको छ !
COMPUTER अगाडि बसेर एक्लै हास्न थालेको छ ! आसाका श्रोतहरु देखिन थालेका छन !
बाँच्नका लागि बलियो साहारा पाएको छ उसले ! उ खुशी निकै खुशी छ, दिउसो हुने बित्तीकै
हिन्स्रक रुप देखाए पनि , रातको जुनसगै हासी-रहेको छ, रमाई रहेको छ !
~~~~~~~~~~~~~~~~~~~~~~~~~~
अनी यही INTERNET बाट पहिलो चोटि INVITITATION लेटर पाएको छ उसले !
~~~~~~~~~~~~~~~~~~~~~~~~~~
पहिलो बिदेसको यात्रा त्यो पनि SECURITY-GARD काम को लागि ! जान त उ आम
नेपाली ले जान चाहेको धरैले सुनेको ठाउँ UNITED KINGDOM जादैछ ! न उसको कोही
थियो न कोही छ उ त आत्मग्लानी भएर हिन्न आटेको, आफ्नु कामबाट आँफैलाई घ्रिणा
जागेर आफ्नु यथर्थतालाई लुकाउन टाढा जान आटेको ! आफ्न भरौटा केटाहरुलाई छलेर
जानु पर्ने बाध्यता त उसग छदैइछ, ! अनी नयाँ ठाउँको रोमन्चकारी कल्पनाले सपनामा
पनि रमाउन थालेको छ ! उ आफ्नु पेसा भन्दा ठीक्क उल्टो काम गर्दैछ तर पनि उसलाई
विश्वास छ, उ त्यो काम गर्न सक्छ ! सबै भन्दा ठुलो विश्वास न हो, जुन सानो त्यन्द्रामा
अडकेको हुन्छ रे विश्वास बडाउन सक्ने ले बडाउछ, नभए चुडियर टुक्रिन्छ ! तर पनि उसलाई,
आफुलाई आफुमा भर छ ! म सक्छु भनेर CONFIDENT छ !
त्यो दिन आयो, जसको उसलाई इन्तजार थियो ! PASSPORT र TICKET उसको हातमा
छ । जुक्ती पनि फुरेको छ उसको सैतानी दिमागमा । आफना फरौटेहरुलाई भेला गर्छ अनी
भन्छ “मेरो अनुपस्थितीमा तिमेरु काम सम्-हाल्दै गर्नु नेपालमा मात्र काम गरेर भएन मलाई
अब एउटा MEETING को लागि जादैछु, । म फर्केर आए पछी विरहत रुपमा नयाँ डाचाले
काम सुरु गर्नु पर्छ ।" उसका कुरा सुन्ने जती सबै छक्क पर्छन अनी मन्-मनै खुशी पनि
हुन्छन ! सबैलाई अगी बडने रहर हुन्छ उनिहरुले पनि INTERNATIONAL लेबल को सपना
देखन् थालल्दछ्न ! खुशी खुशी बिदाइ गर्छन् उसलाई ! उ पनि आफ्नु पसिनाको कमाइले
कमायार केही बर्षपछी अरुको मस्तिकमा उसको अनुहारको छाया कम् भ्एपछी, नेपाल फर्केर
केही गर्ने सोचले बिदेशतिर लाग्छ !
~~~~~~~~~~~~~~~~~~
पहिलो चोटिको विमान यात्रा अनी विमानमा राम्रा-राम्रा स्त्रीहरुबाट पाएको मोनालिसाको जस्तो
मन्ध-मुस्कान, उ आफुलाई पौराणिक पात्र ईन्द्र भग्-वान अनी अरु अप्सरा भएको आभास पाउछ,
चिल्ला गाडी, टल्केका मान्छेका अनुहार उसलाई कतै नगई त्यही बसेर हेरीरहु जस्तो लाग्छ !
प्लेनको ज्यालबाट तलतिर हेर्दा साचै नै, पृथ्वी पनि एउटा ग्रह रहेछ, भनेर ठोकुवा गरेर भन्न
सम्म सक्ने हुन्छ ! PLANE – LANDING गर्छ ! अब उसको अस्थाही कार्य क्षेत्रमा अबतरण हुन्छ !
उसलाई आफु खै कहाँ कहाँ पुगेको केही थाहा हुन्न्न, जता हेरे पनि आँखा त्यता नै भुल्न थालछ
उसको ! उ गएको ठाउँ U.K. को बातावरण हेर्दा स्वर्ग पुगेको अनुभुती हुन्छ उसलाई ! सफा ठाउँ,
सेता मान्छे वबस्थित शहरमा आफु आई पुगेकोमा दन्ङ्ग पर्छ, उसलाई त्यस्तो लाग्छ ! खुशीले
गद्-गद हुन्छ, एक प्रकारको घमन्डपन उसमा पलाउछ । EUROPE गएका सग मात्र राम्रा केटीहरु
बोल्न रुचाउछन भन्ने सुनेको उसले अब आफु पनि त्यसका लागि लाएक भएको ठान्छ ।
~~~~~~~~~~~~~~~~~
केही दिनको बिश्राम पछी उसको काम सुरु हुन्छ ! कहाँ मान्छेलाई धम्काउदै कुटडै हिनेको मान्छे
अब उ SECURITY-GUARD को नोकरी गर्दै छ ! थिङग उभिएर SALUTE मार्नु पर्ने रमाईलो
अनी सजिलो काम लाग्-दै छ उसलाई ! गोर्खाली भन्ने उपनाम पाएको छ उसले । सुरुको महिनाको
तलबले COMPUTER किन्छ INTERNET जोड्छ । खाली समए INTERNET मा काट्न सुरुगर्छ ।
~~~~~~~~~~~~~~~~~~~~~
लामु समए बित्छ ! पुरै DISCONNECT भएको छ उसको, अब पुरानो अतित सग ! उ नितान्त
एक्लो मान्छे हो, अनी छ पनि, अनी भएको छ ! INTERNET ले धरै कुरा सिकाएको छ, वास्तवमा
उसलाई परिपक्क बनाएको छ ! उ UPDATED रहेको छ ! यस् धर्तीमा घटीरहेका घटनाक्रम लाई
नजिकबाट हेरी रहेको छ ! अब अली गम्विर भ्एको छ । जिन्दगी के हो, बुज्ने भएको छ ! साचो
झुटो अनी देखावटी हासो सम्जिन सक्ने भएको छ ! जिन्दगीको मुल्य बुज्न थालेको छ उसले !
उसलाई अजै धरै मान्छे लाई चिन्ने-बुज्ने अनी नजिक बाट तिनिहरुलाई हेर्न-सम्जिने रहर जागेको
छ ! त्यस्कोलाई यो छोटोको VACATION मा TRAVELLING गर्ने सोच बनएको छ उसले । धरै
ठाउँमा घुमेर धरै मान्छेलाई हेर्न अनी एउटा निर्कौल निकाल्ने जिन्दगी को बारेमा अज धरै बुज्ने
त्रिस्णा पलाएको छ, भुत सबार भएको छ उसलाई ।
................................................
~~ SooRY FrEnS ~~~~~~~
I can't go back & including Due to Various REASON
~~~~~~~~~~~~~~~~~~
THE END
...........