Nov 30, 2008

~~सस्मरण~~

"के नाम दिउ यो प्रेमलाई"

अति नै प्रचलनमा रहेको केटा-केटी, युवा-युवती देखि वृद्व बा-आमा सबैका माझ, मान्छेको चोला लिएर यस धर्तिमा प्रवेश गर्ने हरेक सजिव प्राणी माझ उति नै लोकप्रिय रहेको यो शब्द "प्रेम" वास्तवमा नै महत्वपर्ुण्ा छ । हुन त यो दर्ुइ अक्षरको समायोजन रहेको एक शब्द आजको समाजको अपरिहार्यता झै लाग्छ, सबैको चासोको केन्द्रबिन्दु रहेर बस्छ । त्यस्तै कसैको लागि भने देखावटी सान भएर रहेको छ यो शब्द "प्रेम" ! खेलौना भएको छ । फेरी धेरै प्रकारको रुपमा सजिएर भनुँ या फुलेर समाजमा यत्र-तन्त्र आफ्नो सुगन्ध छोडिरहेको हुन्छ यै शब्दले ।
बाबु आमाले छोरा छोरीलाई गर्ने प्रेम, मानिसले आफ्नो सामानलाई गर्ने प्रेम, दिदी भाई तथा दाजु बहिनी बीच स्थापित रहने प्रेम, मानिसले आफ्नो पाल्तु जनावरलाई गर्ने प्रेम, त्यति मात्र नभएर नुन खाएको गुन तिर्न पाल्तु जनावर भनु या पाल्तु जनावरले आफ्नो मालिकलाई गर्ने प्रेम सबैको आ-आफ्नो स्थानमा छुट्टै महत्व रहेको हुन्छ । तिनीहरु मध्ये पनि आजको समाजमा पुलिङ्गले, स्त्रिलिङ्गलाई गर्ने प्रेम यानिकि स्त्रिलिङ्गले पुलिङ्गलाई गर्ने प्रेमको चर्चा र्सवस्त्र फैलने गरेको छ । चाँहे त्यो क्षणिक होस् ! चाहे त्यो वासनायुक्त होस्, चर्चा चलिहाल्छ र्सवस्त्र । आर्श्चर्य नै आर्श्चर्यले भरिएको यस संसारमा पुलिङ्ग-पुलिङ्ग भनँु या स्त्रिलिङ्ग-स्त्रिलिङ्ग बीच पनि जन्मौ जन्म साथ रहने गरि यो प्रेम स्थापित रहेको छ । हालसालै अमिरकामा एउटा दम्पतिले पहिचान पाएको छ । साँच्नै नै नढाटी भन्नुपर्दा नपच्ने खालका प्रेम प्रसङ्गहरु अंसख्य सुन्दै र देख्दै आएका पनि छौ हामीले । प्रेम हुन्छ रे नजानिदो पाराले, थाहा नै नपाइकन, खै के गर्दा-गर्दे, हर्ेदा-हर्ेर्दे, बोल्दा-बोल्दै, हिड्दा-हिड्दै पनि, जात-भात, ठुलो-सानो, आफ्नो-पर्राई केही पनि भन्दैन् रे । त्यस्तै समाजमा बडो अजर, अमर रहेका प्रेमका कथाहरु पनि हामीले सुन्दै आएका छौ । हुन त आजसम्म विश्वमा जतिपनि तलाक यानिकी डाइभोर्स यानिकी छोडपत्र भएका जोडीहरुमा प्रेमरुपी विवाह गर्नेको आंकाडाले नै अग्रस्थान ओगटेको तितो यथार्थता हाम्रो सामु ढडिएको छ । जे होस् हुने कुरालाई कसले रोक्न अनि छेक्न सक्छ र । चाँहे भागेर, दौडेर, लुकेर बिहे गरुन चाँहे काटाकाट, मारामार अनि हानाथाप गरेर छोडपत्र ! तेस्रो मान्छे त खाली मुकदर्शक न बन्ने हो ।
आजको २१ शताब्दिमा आम जनसमुदाय बीच अत्यन्त नै चर्चित रहन सफल यो शब्दले निकै नै फड्को मारेको आभाष हामी सबैलाई हुने गरेको छ । मैले हजुरहरु सामु पस्किन गइरहेको घट्ना वास्तवीक हो यसको सुत्रधार पनि मै हुँ भने अन्तेष्टी पनि मेरो आँखा अगाडी नै भएको छ । अचम्म लाग्छ, म नै टोलाउन विवश हुन्छु । जति पल्ट ति पलहरु म मेरो मस्तिष्कमा आउँछन् । म आफै बेचैन हुन्छु जान्नका लागि अनि यसको निचोड, अर्थ, विषय, त्यस्तै सबै पक्ष केलाउनका लागि । त्यसैले त हजुरहरु सामु पस्किरहेको छु मेरो जीवन यात्राको एक पाटो भै केही समयसम्म मै सँग टाँसिएर हिनेको, मेरो जिन्दगीको संस्मरण बनि रहेको, हर समय उत्तर खोज्न मलाई नै उत्प्रेरणा दिने घट्नाको बेलिबिस्तार । भोगाई मेरो हो, घटेको मेरो आँखा अगाडी हो । आशा छ, यसको सहि उत्तर एसएमएसद्वारा हजुरबाट पाउँछु अनि यो मेरो संस्मरणबाट यससँग सम्बन्धित व्यक्तिहरुलाई पर्नर् जाने मानसिक दबाब प्रति क्षमाप्राथि छु भनी हजुरहरु सामू प्रस्टाउन समेत चाहन्छु ।

कुरा आज भन्दा ४ बर्षअगाडी लगभग २०६१ साल तिरको हो ! प्रतु यानीकी मेरो साथीको दाजुको छोरी त्यस्तै १८ बर्षपुगेको हुनर्ुपर्छ । भर्खर एस.एस.सी. सकेर कम्प्युटर सिक्न म काँहा आउन थालेकी थिईन । मेरो त वहिनी फेरी उनका सबै परिवारका सदस्य माझ म राम्ररी परिचित मान्छे । उनीसँग गर्ने व्यवहार मेरो आत्मिए खालको नै थियो । बहिनीहरुको बोलबाला चल्थो मेरो ट्रेडिङ्ग सेन्टरमा पनि । त्यस्तै उमेरले म भन्दा जेठो नै भए पनि मेरो भाईको साथी मेरो भने भाई सुब मेरो अत्यन्तै नजिक भएको व्यक्ति थियो । सुब मलाई पर्ने हर समस्यामा सहयोग गर्ने हरसमय तत्पर रहने मान्छे । उ किन मेरो लागि यस्तो गर्छ कहिले काँही म नै सोच्न बाध्य हुन्थे । तर मैले पनि उसको लागि गर्ने सम्म त गरेको नै थिए र रहन्छु पनि । एंवम क्रमले दिनहरु बितीरहेका थिए । समय चलायमान छ, कसैलाई नहेरी दौडिनैरहेको छ । यसै क्रममा प्रतु फलामे ढोकाको नामले प्रसिद्व एस.एल.सी.मा दोस्रो श्रेणीमा पास गर्न सफल भइन् । जे होस सबै जना खुशी नै थियौ -"हाम्रो ट्रेनिङ सेन्टरको नाताले नजिक भएका हामी सबै मित्रहरु अनि ट्रेनिङ सेन्टरका सबै परिवार ।" फेल हुनेको अगाडी रुनु पर्ने अनि पास हुनेको मिर्ठाई खानुपर्ने म वास्तवमै दर्ुइ चरित्रको भएको थिएँ । कहिले काँही त वास्तवमा नै नाटक नै खेल्न सक्छु जस्तो पनि लाग्थौ अनि ऐनाको अगाडी उभिदा कोही भन्दा कम पनि नभएको आभाष हुन्थ्ो मुड चलेको बेलामा । अगाडिको मान्छेको मानसिकतालाई हेरेर आफूमा ल्याउनु पर्ने परिवर्तन साच्चै नै उदेक लाग्दो हुदोरहेछ । सम्झदा पनि बिस्मात लागेर आउँछ अब त सक्तिन होला त्यसरी गिरगिटको जसरी छिन-छिनमा रङ्ग बदल्न । एकदिन प्रतु चिच्याउँदै आइन र भनिन-"कपिल दादा ! म कन्काइमा एड्मिसन गर्न जान्छु । हजुरले लगेर एड्मिसन गरिदिनुपर्‍यो रे हजुरबाबाले भनेको ।" म त एकछिन् टोलाए पनि । एक्लो मान्छे ट्रेनिङ सेन्टर छोडेर हिन्ने फर्ुसद म काँहा कसरी हुन्थ्यो र - मेरो छेउमा सुब बसिरहेको थियो सधै झै त्यो दिन पनि । अनि मैले प्याच्च मुखबाट भनिहाले-"भाई प्रतुलाई कन्काइमा लगेर एड्मिसन गरार आइज त -" मैले भर्खर यौवनमा टेकेका दर्ुइ जनालाई कसरी जा भन्नु भनेर नसोचेको पनि हैन् तर पनि प्रतुसँग अर्को एक जना बहिनी समेत भएकोले चिन्ता नलिकन सुबलाई जा भनेको थिए । अनि मेरो कार्य व्यस्तता पनि प्रमुख कारक बनि थोपरिएको थियो ।
हुन त प्रेम भन्ने शब्द बोल्दै नजिकिदै गएपछि जो सँग पनि हुने सामान्य कुरा हो तर पनि सुब यो विषयमा निकै अगाडी भएको थाहा हुदाँ हुदै पनि उसलाई विश्व्ाास गरेर मैले पठाएको थिएँ । हो प्रतु र सबुको पहिलो भेट र साधारण बोलचाल भएको क्षण र दिन पनि त्यही नै हो । अब मलाई त्यहाँ भन्दा पछाडीका दिन के कसो भयो थाहा भएन् । केयौ दिनहरु बिते, हप्ता बिते, महिनौ बिते । अनि मात्र मैले उनिहरुका बिच प्रेम पर्‍यो रे भन्ने गाइगर्ुइ सुन्न थाले । उनीहरुलाई बोलाएर के हो भनेर सोध्दा-"दाजु तँपाई हामीलाई यस्तो सोच्ने भनेर उल्टै दुबै रिसाए ।" साच्चै नै मैले चाँही उनीहरुलाई सँगै देखेको पनि थिएन । हुन सक्छ, मेरो व्यवस्तताले मेरो दिमागमा चंचले वैशका हाउभावहरु टिप्न नसकेको होला । केही समय पश्चात म विदेशीए । म एक्लै बस्न सक्त्तिन् । दाजु म पनि हजुर सँग आउछु भनेर सुब चिच्याउन थाल्यो ! यसरी उ चिच्याउन थालेपछि म गएको केही महिना मै सुबलाई पनि कतारको एउटा फोटो स्टुडियोमा प्रिन्टिङ्ग र फोटो ग्राफरको भिषामा अर्कालाई पैसा खुबाई उसैको सल्लाह बमोजिम उसलाई ल्याए । अब आफु सँगै हिनेको खेलेको मान्छे त्यो पनि बिदेशमा भेटदा कसो रमाइलो हुन्न थियो होला र - वास्तवमा नै हामी खुशी थियौ । दिनहरु रमाइलो गरि नै बितिरहेका थिए । अझ बढी आत्मिए भएका थियौ हामी । एकदिन मातेको सुरमा साथीहरुको बीचमा उसले प्रतुको बारेमा केही भन्यो भन्ने मैले थाहा पाए । अब के चाँही रहेछ भनेर मलाई वास्तवीकता जान्न रहर लाग्यो । विदेशबाट नेपालमा फोन गर्न त मँहगो नै हुन्छ । धेरै बेर गफ गर्नु पर्दा सबैले च्याटिङको नै साहारा लिनुपथ्र्यो । अब सबु पनि मैले पार्टटाइमरका रुपमा सबै कुरा हर्ेर्ने साइबर, जुन उसको बस्ने कोठाको छेउमा थियो । जुन साइबरको मालिक र उसको फोटो स्टुडियोका मालिक एउटै थियो । त्यही बसेर सुब च्याटिङ्ग गर्ने गरथ्र्यो किनकी पैसा नदिदाँ पनि चल्थ्ाौं । हरेक जसो रातको समयमा कामबाट फर्के पछि म केटाहरुलाई भेट्न त्यही साइबर सम्म आउने गर्थे । त्यो साइबरमा ४८ कम्प्युटर थिएँ । कतारको नियम कडा भएकोले सबै कम्प्युटरमा र्सभरबाट कन्ट्रोल र कसले के गर्छन् भनेर हर्ेर्नु पर्ने हुन्थ्यो । नहेरे पनि छड्के आएको बेला हर्ेन सकिन्छ भनेर देखाउनु पर्ने हुन्थ्यो । कतारको भाषामा झुमा यानीकी छुट्टीको दिनमा जुन चाँही कतारमा आम रुपमा शुक्रबारको दिनलाई भन्ने गरिन्छ जुन दिन सरकारी विदा हुन्छ । सबैले आफना आफन्त सँग गफ गर्ने फोन गर्ने दिन वास्तवमा त्यही दिन नै हुने गर्दछ । सुब पनि च्याटिङ गर्ने भनेर आयो । सामान्य थियो सधै आउथ्यो । तर मेरो लागि भने महत्वपर्ुण्ा । किनकी मैले त केही जान्नु थियो । म पनि सुबले को को सँग के के गफ गर्दो रहेछ भनेर हर्ेन थाले । अनि एंवम क्रममा एकदिन सुब र प्रतुको वार्तालाप आफ्नै आँखा अगाडी हेरेर अक्क न वक्क भए । श्रीमान-श्रीमती बीचको भन्दा पनि आत्मिय, साथीहरु भन्दा पनि धेरै माथी केही दिनअगाडीको चिनजान भन्नु त हात्तिको मुखमा जिरा भन्नु बराबर । बर्षो देखि प्रगाड रहेको सम्बन्धबाट छताछुल्ल भएर पोखिएको वार्तालाप थियो त्यो । मैले केही गर्न नै सकिन् । न फोन गरेर सबैलाई सुनाउन । न त गएर सबुलाई छपाछप गालामा हिर्काउन ! किनकी आगो दुबै तर्फाट दन्किरहेको थियो । म चुप लागेर बसे आफुले आफूलाई धेरै संयमित राखे अनि त्यही दिन राती मैले सुबलाई बोलाएर सोधे -"के हो तिमेरु दर्ुइ बीचको सम्बन्ध भनि" । सुबले र्टार्न खोजे पनि मेरो थप्पड उसको गालामा बर्सिएपछि थकाथक ओकल्न थाल्यो-"दाजु हामी एक-अर्का बिना बाँच्न सक्त्तैनौ । हामी एक-अर्कालाई अत्यन्त मन पराउँछौ । म यहाँबाट गएपछि हामी बिहे गर्र्छो । हाम्रो प्रेम त्यही हजुरले परिचित बनाएको दिन देखि सुरु भएर झाङ्गदिै गएको हो अनि म उसैको सल्लाहा बमोजिम विदेश आएको भनेर ।" मेरो केही लागेन प्रतुलाई पनि सोध्न मन लाग्यो । च्याटिङ्गमा उ आएको मौका पारेर सोधे । प्रतुले झन रुँदै-"कपिल दादा ! कसैलाई केही नभन्दिनु हामी बिहे नै गर्र्छौ । हाम्रो प्रेम जुगौ जुग सम्म अजर रहने प्रेम हो जवानीको जोश हैन ।" भनेर भन्न थाली । मेरो केही सिप लागेन अब । मैले पनि दुबैलाई आफनै हिसाबले सम्झाए र सबै कुरा प्रकृतिद्वारा संचालित समयको काँधमा राखिदिएँ । समयको रफतार आफनै गतिले बढि नै रह्यो । सबु भने कहिले काँही प्रतु अनलाइन आइन् दाई - काँहा गइ-गइ - मलाई परखाई मात्र भन्थ्यो भने प्रतु चाँहि सुबलाई आजकाल के भाको छ दाई भनेर सोध्ने गर्थिन् मलाई । म गालि गरिदिन्थे बेला न कुबेला अरु काम छैन मेरो अब । म तिमेरु दुइटाको लमि हँु र भनेर !
लाग्छ प्रेममा उतारचडाव त आइरहन्छ नि उनीहरु पनि त्यसैबाट गुज्रिरहेका थिए । आखिरमा मेरो नेपाल र्फकने दिन आयो । नेपाल फर्के पनि अनि दशै र तिहारमा रमझममा हराइरहेका थिएँ । दुइबर्षपछिको नेपाल फर्काइ सोचेजस्तो नभई अनौठो भएको आभाष मैले पाएको थिए । फेरि विदेशीएकालाई हर्ेर्ने नजर पनि बेग्लै हुँदो रहेछ । त्यही माथि कतार भनेर भन्दा त मुख नै पो खुम्चाउँदा रहेछन् । आखिर किन हो खै उहाँहरुलाई नै थाहा होला । कि धेरे बुझेर होला कि कि रेडियो टि.भी.को चमत्कार ! गल्फ र युरोपबाट फर्केका मान्छेहरु सँग बोल्ने सैली नै भिन्न हुँदो रहेछ मेरो देश नेपालमा त । मलाई कुनै प्रवाह त थिएन तर पनि प्रवाभ चाँहि पर्दो रहेछ अरुको कर्के, छड्के र बोल्दा लगाएको स्ट्रेसले । पुराना प्राय सबै साथीहरु सँग भेट भयो । प्रतुसँग भेट नहुने कुरा नै भएन् । उसँग भेट भयो अनि सबु आएपछि हामी बिहे गर्ने दादा भनेर मलाई पहिलो भेटमा नै सान्त्वना दिएकी थिईन प्रतुले । म पनि ठिकै छ जे गर्नु छ सोचेर गर्नु भन्थे । आखिर हाम्रो माया त क्षणिक न हो । जीवन विताउने त उनीहरु नै त हुन् । म नेपाल फर्किएको लगभग २ महिना पनि बित्न नपाउँदै प्रतुको प्रेममा लिप्त सबुले कम्पनीसँग झगडा गरेर बेलैमा नेपाल फर्कियो प्रतुलाई सँधैको लागि आफ्नो बनाउने उद्देश्य लिएर । उ आयो प्रतु सँग भेटघाट गर्नु, घुम्नु, सँगै समय बिताउनुमा नै व्यस्त रहे केही दिनसम्म त उनीहरु । सबैले थाहा पनि पाए यसैको लागि सबु फर्किएछ विदेशबाट भनि । म खाली थिए त्यतीखेर आखाँ अगाडी नै देखे उनीहरुको प्रेमलाप । प्रतु र सबु दुबैको मुहारमा बेग्लै प्रकारको चमक थियो । उनीहरु अति नै खुशी रहेको भान उनीहरुलाई देख्नेलाई हुन्थ्यो । विहे गर्नु थियो तिनीहरुलाई । त्यसैले त एकदिन सबु मेरो छेउमा आएर-"दाजु प्रतुलाई माग्न जाउ न" भनेर भन्यो । तिनीहरुको सम्बन्धलाई नजिकबाट चिनेको मैले हुन्न त भन्न नै सक्त्तिनथे । फेरी म बाहेक सबुको प्रतुको घर सम्म पुग्ने अरु साधन नै थिएन् । किनकी प्रतुको तिनपुस्ते सम्मले मलाई राम्ररी चिन्दथे र मैले भनेको कुरा नकार्न सक्दैनथे र अहिले सम्म पनि नकारेका छैनन् । आफ्नै प्रकारको निकट सम्बन्ध स्थापित थियो अनि छ पनि मेरो प्रतु लगायतका तिन पुस्ता सम्मका अग्रजहरुसँग । त्यती भइसकेपछि केही दिन पश्चात म सबुलाई वाइकको पछि राखेर प्रतुको घरतर्फहुइकिएँ । भाग्यवस प्रतुका घरमा सबैजना रहेछन् । प्रतुले भन्न चाँहि भनेकी थिइन् होला कसै-कसैलाई त । तर म पुगेपछि यथार्थता प्रस्ट भयो । निकै बेर बहस भयो । मैले पनि छड्के गाली पाए । अनि मेरो सिधा प्रश्न-"२ बर्षअघि देखी चलेको यिनीहरुको प्रेम प्रसङ्ग अब चाँही टुङ्गाउनु नै पर्छ । बिहे गर्ने भए गरिदिनु पछाडी व्रि्रे, मरे भने हजुरहरुले मलाई केही पनि भन्न पाउनुहुन्न । केटाले मजाले पाल्न सक्छ प्रतुलाई यसमा कुनै सन्देह छैन के-के बुझनु पर्ने गर्नुपर्ने म छु । म सँग हिन्नुस केटाको वास्तवीकता बताउँछु ।" को उत्तरमा केही दिन सोच्ने समय मागे प्रतुका हजुरबाबाले अनि हामी फर्केर आयौ । त्यो रात प्रतुका घरमा निकै ठुलो छलफल भएछ । प्रतुलाई निकै केरकार गरेछन् परिवारका सदस्यहरुले । आखिर प्रतु पनि के को कम-"बाबा, आमा, हजुरबाबा, हजुरआमा अनि काकाहरुका अगाडी लडिबुुडी गरि रोइकर्राई कन म सबु सँग मात्र बिहे गर्छर्ुुरु कोही सँग गर्दिन, अरु सँग गर्नु परे झुन्डेर मर्छर्ुुनेर भनिछिन् ।" हौ नसकिने रहेछ भनेर बिहे नै गरिदिने निरकौल भयो प्रतुका परिवारका तर्फाट । बिहे गरिदिहाल्नु परो भन्ने सोची प्रतुका बाबाले बनाई पैसा उठाउन काठमाण्डौ तर्फलाग्ने निर्ण्र्ाासमेत गर्नुभएछ । अनि मलाई बोलाएर केटाको घर हर्ेर्ने जाने केटाको बाबा, आमा सँग कुरा गर्ने निर्ण्र्ाासमेत त्यही दिन प्रतुको घरमा भएछ । मलाई प्रतुको घरमा बोलाइयो अनि केटाको घर यानीकि सबुको घर जाने निर्ण्र्ााभयो । मैले पनि प्रतुका हजुरबाबालाई बाइकको पछाडी राखेर सबुको घर तर्फहुइकिए । सबुको घरमा पनि सबु कान्छो छोरो उसले मन पराको केटी, जात नमिलेर केही पनि नहुने बिहे नै गरिदिने निर्ण्र्ााभयो । प्रतुका हजुरबा पनि पोजिटिभ हुदै सबुको बारेमा सबै सोधीखोजी गरेर सन्तुष्टि हुनभयो । ततपश्चात खाना खाइवरी सबुको घरबाट प्रतुका हजुरबाबालाई प्रतुको घर पुर्‍याई म आफ्नो बाटो लागे । जे होस यीनीहरुको बिहे नै हुनेभयो भनेर म लगायत सबै खुशी थियौ । मात्र अब बिहेको दिनको निर्ण्र्ाागर्न बाँकी थियो । प्रतुले पनि चाँडै बिहे गरिहाल्नर्ुपर्छ भनेर सबुलाई सम्झाइदिनु है कपिल दाजु भनेर भन्दैथिइन् । सबु भने बिहे अलि ढिलो गर्ने कि भनेर सोचमग्न थियो । आखिर जे होस चाँडै नै गर भनेर मैले सम्झाए उसलाई अनि खुशी नै थियौ सबैजना ।
सबुको बिहेहुने खुशीमा उसले सबैलाई साधारण पार्टर्ीीेत खुवायों । अब हामीले पुसको बेहुला भनेर सबुलाई जिस्काउन समेत थालिसकेका थियौ । सबु "धत् दाई पनि" भनेर खिस्स हाँसेर टार्थ्यो । प्रतुले पनि मलाई फोन गरेर जे भो राम्रो नै भयो दादा भनेर भनिन् । प्रतु र सबु दुबैलाई ठुलो जङ्ग जितेको आभाष भइरहेको थियो । दुबैका खुट्टाले भुँइमा टेक्न सकिरहेको थिएन् । हाँसि खुशी घुमिरहेका भेटिन्थे रे बजारमा दुबैजना । त्यति भइसकेपछि भने म आफनै काममा यताउता घुमिरहेका थिए र सबुले मलाई दादा बिहे नखाई कहि पनि जान पाइदैन है भनेर फोन गर्ने गरथ्यो । म पनि ठिकै छ नी भनेर उसको जवाफ फर्काउथे । आखीर समयले मलाई उनीहरुको लमि जो बनाउको थियो । समयको रफतार आफनै गतिमा बढिरहेको थियो । त्यही क्रममा दुनियाँमा निकै ने फेरबदलहरु पनि भइनै रहेका थिए । मन न हो छिन छिनमा परिवर्तन हुँदो रहेछ । कतिन्जेल एउटा माथि मन थामिन्छ र भने झै त्यति छोटो अवधिमा निकै नै फेरबदल भएको मैले पाए । काम बिशेषले १५ दिन जस्तो वेङ्गलोर बसेर फर्केको मात्र के थिए । मलाई कसैले सुनायो-"दाजु ! प्रतु त एउटा लिम्बु केटा सँग भागि रे ।" म एकछिन मज्जाले हाँसे अनि भने-"भाई हावा-हावा कुरा नगर त ! मैले प्रतुको बिहे सबु सँग तय गरेर आको । के को लिम्बुसँग भाग्छे -" उसले भनो दाजु उसको घरमा फोन गरेर सोध्नु त अनि तँपाइलाई थाहा हुन्छ भन्यो । मैले पत्याइन् र भने-"ल ल भाई म सोध्छु ।" मैले विश्वास नै गर्न सकिन तर्सथ सबै काम सकेर घर पुगे । काउकुति लागिरह्यो मनमा तर्सथ त्यसलाई साम्य पार्ने मनसाय लिइ प्रतुको घरमा फोन गर्न मन लाग्यो । विश्वास नलागि नलागि पनि हालखबर सोधुला भनेर फोन गरे । फोन प्रतुको आमाले उठाउनुभयो अनि भन्नुभयो -"कपिल भाई ! बरबाद भयो । प्रतुको त खै को लिम्बु सँग लब परेको थियो रे कति दिन देखी अनि अस्ति साथीको घरमा जान्छु भनेर गाकी थिई । प्रतुका बाबाले फोन गर्दा पनि उसकी साथीले म सँगै छे भनेर भन्थि तर उ त भागिसकिछे । प्रतु भागेको ३ दिन पछाडी पो हामीलाई थाहा भयो । त्यसकी साथीको गाँउको केटा रे ........लिम्बु रे.........सँग भनेर ।" म त छक्क परे । केही सोच्न नै सकिन । भाउजु भन्दै हुनुहुन्थ्यो -"प्रतुका बाबा पैसा लिन भनेर काठमाण्डौ जानुभएको प्रतु भागेको खबर सुनेर मर्ुछा पर्नु भाछ रे । बिहान देखी घरबाट हिनेको अत्तोपत्तो छैन् रे । भाग्ने त भागिहाले अब प्रतुका बाबालाई फोन गरेर सम्झाइदिनुपर्‍यो कपिल बाबु ।" भनेर भाउजु एकोहोरो भनिराख्नुभएको थियो । मैले प्रतिउत्तरमा हुन्छ हुन्छ बाहेक अरु केहि बोल्न सकेको थिईन । फोन राँखे अनि सोचमग्न भए । यो कसरी सम्वभ छ । भाग्नु त्यो पनि अर्को केटासँग जबकी प्रेम अर्कोसँग परेको छ बिहे हुनेबाला छ । उ सँग बिहे गराइदिनु भनेर त्यत्रो भोकभोकै बस्ने, लडिबुडी गर्ने प्रतु कसरी अर्कोसँग भाग्न सक्छे - म सोचिनै रहे । सबुलाई फोन गरे अनि भने -"भाई म यो के सुन्दैछु ।" सबु पनि बोल्न सकिरहेको थिएन् । रुदै-"खोइ दाई मैले पनि केही बुझन् सकेको छैन् । भागि भनेका अगिल्लोे दिन सम्म त हामी दिनभरी सँगै थियौ दाजु कसरी अर्कोसँग गई प्रतु" भनेर सुक्क-सुक्क गरिरह्यो । म दोसाधमा परे अनि सबुलाई सम्झाउँदै भने-"भाई त चिन्ता नगर आफुलाई समाल । जे भो राम्रो नै भयो अब के गर्नु । तैले अरु भेटिहाल्छस् नि तँलाई छोडेर उ खुशी रह्न सक्छे भने तँपनि त सक्छस् भाई ! आखिर त मर्द होस यार ! मर्द !" उसलाई त्यति भने तर मलाई अझै चित्त बुझेको थिएन् अनि जान्न मन लागो किन आखिर प्रतुले यसो गरि बा कतै उसले कुनै दबाबका कारणले त गरेकी त थिइन् जस्ता कुराहरु मेरा मनमा उड्न थाले । अनि प्रतु भागी भनेको गाउँको बजारमा गएर सोध्न थाले । किनकी यो नै त्यतिबेलाको सबैको मुखारबिन्दमा झुन्डिएको थियो । "कुमाईकी छोरी लिम्बुसँग गई ।"
मैले एउटा बुज्रुक जस्तो देखिनेलाई गएर नजानिदो पाराले सोधे -"किन भागे दाइ । त्यो केटी त शिक्षक थिइन् रे हैन र फेरी तिनको त भाग्ने बेला भाको थिएन त रे त ! घरमा भनेको भए बा कतै परिवारले बिहे नै गरिदिन्थे कि बोडिङ्गको शिक्षक जस्तो मान्छे -"
..अफसोच ! उसको उत्तर सुनेर म अक्क न वक्क भएँ । बोल्न नै सकिन । तुरुन्त आफ्नो क्यारीबर स्टाट गरेर हुन सक्ने जति एक्सिलेटर दबाउँदै गियर बढाउँदै त्यो बहिनीले रोजेको ज्वाँइको गाउँबाट फर्के -"काँहा हुनु भाई ! प्रेम एउटा सँग छ । परिवारका मानिसले विदेशबाट आएको केटा भनि अर्को केटा सँग बिहे गरिदिने निधो गरिदिएछन् । अनि आजकालका ठिटा ठिटीहरुलाई त्यस्तो गर्दा हुन्छ र त्यसो भएपछि केटीले केटालाई भनीछन् अनि भागेछन् प्रेमजोडी ।".....

कपिल आचार्य