Nov 29, 2008

~~सम्झदा ति पलहरु~~



लाखौ सपनाहरु देख्दै
आफैमा रोमान्चित हुँदै
अनिश्चताको धागोमा झुन्डेर
आशाको त्यान्द्रोको माला बुन्दै
विदेशीएको थिए।

बुढीकन्याहरुको स्वागतसँगै
शुरुभएको मेरो यात्रा ,
हिमाल, पहाड, मैदान हुँदै
सात समुन्द्र पार गर्दे,
कतारको दोहा पुगेथ्यो।

विमानबाट उत्रने बित्तिकै
पाएको तातो हावाको चढ्कनले
बेहोशीको स्वाद चखाएथ्यो।
स्वदेशी पानीको छम छमसँगै
तङरिएको शरिर, बडेमानको
अजङ्ग हात्तिझै मानिस सामु
ठडिने बित्तिकै चङ्गा भएथ्योे।

नयाँ परिवेश अनि संस्कृतिको सिको गर्दे,
प्रथमतः सलामालेकुम भन्न सिकेथे।
त्यस्तै कम्पनिमा भएको आगमनसँगै
आफूलाई नै प्रमाणित गर्ने ब्यस्त भएथे
फरक मान्छे, फरक धर्म, फरक पेशा
साँच्चै नै गिरगिटको पर्यायवाची भएथे।
त्यसमा पनि सानो तह, एक्लो प्रतिनिधित्व
ठुलाले देखाउने दोषको फुटबल नै भएथे।
मानिसहरुको सामु होच्याउने, खुट्टा तान्ने
अनि एक्लै बोलाएर उकास्ने प्रवृति
साँच्नै नै कम्पनिमा भएको आवास दिलाउथ्यो।

विदेशमा साथिहरुलाई भेट्दाको हर्ष,
विशाल महल उक्लिदाको आत्मविश्वास,
समुद्रि किनारामा हिन्दाको खुशी,
विदेशी ठिटीहरु माथि पर्ने छड्के नजर,
साँच्चै नै चञ्चल मनको उपज थियो।
प्रचण्ड गर्मिमा काम गर्नेको व्यथा,
लुमा खाएर लड्नेको कथा,
केटी देखे भनेर नाच्नेको हर्ष,
मरुभुमिमा भएको विकाश,
साँच्नै नै विस्यमकारी थियो।
मेरो लागि पथप्रर्दशक थियो।

साथिभाइहरु सामू नचाँहिदो फुर्ति,
घर, गाडि र गलफ्रेन्ड दाँज्ने प्रवृति,
रक्सि खुवाइ ठुलो बन्ने होड,
अनि कुरा काट्दै आरिस गर्ने कला
माथिल्लो वर्गका नेपालीहरुलाई
सर्वत्र लागेको रोग थियो।

त्यसैले त,
मेरा दुई बर्षेका तितामिठा क्षणहरु
आफैले मूल्याङन अनि आत्मसात गर्दै,
आफूले आफूलाई परिवर्तन गर्ने
अठोटका साथ
म मेरा मातृभूमि फिरेथे।
म मेरो मातृभूभि फिरेथे।

कपिल आचार्य