Aug 22, 2007

~~~ कालीको ब्यथा ~~~

..............................
मेरो यस् कथाका पात्र कल्पनिक हुन, कसैसग मिल्न-गएमा, जुध्न-गएमा क्षमा प्राथी छु ।
...............................
मेरो नाम काली, मैले नै रोजेर आँफैले आँफैलाई दिएको मेरो नाम ! म काली त छैन, गोरी
नै छु तर पनि मलाई यही नाम मन परेकोले गर्दा राखेको हु । मन न हो चाहेको धरै कुरा
गर्न न-सकेपनी सक्ने जती गरी हाल्ने मेरो बनी छ त्यसैले लेखेको हु ! हुन त अरु पनि
नाम छन, तर अहिलेलाई यसैको कुरा गरु ! किनकी यो कुरा जता मोडो त्यतै नै मोडिन्छ
..........................
म मेरो ब्यथा कहाँबाट सुरु गरु, जिन्दगीको जुन भागबाट सुरु गरे पनि खन्ड काब्य बन्न
पुग्छ, कहिले कही त म आँफै छक्क पर्छु आफ्नै बिगत सम्जेर के म नै थिय त्यो.........
खैर् जे होस् म नै थिय त्यो ! जिन्दगीको जुन भागबाट भए पनि एउटा ब्यथा लेख्-छु
भनी बसे पनि मेरो मानस-पटल्-मा सबै आएर, को पहिला जाने भनी झगडा गर्न थाल-द
छन । सुनसान, सान्त बातावरणमा, एक्लै बस्न मन पराउने मान्छे म ! फेरी रिस उठेर
आउछ अनी रिस उठे पछी त्यही न हो ! कि हिनेको हिनै गर्छु, कोही सग बोल्दिन म,
जब सग रिस मर्दैन मेरो ! वास्तवमा अरु माथि भन्दा पनि आफुले सबै रिस आफु माथि
नै पोखेर आँफैलाई दरिलो बनाउने गर्छु म ! समय को परिवर्तन सगै परालको आगो जस्तो
त हैन तर पनि आफुलाई CTRL + ALT + DEL गरेर फेरी दरिलो भएर लड्न तयार हुन्छु म
..............................
मेरो जीवनमा बाडी-पौरो धरै आय, धरै कुरा बगाएर लग्यो ! जसको बर्णन गर्न म असमर्थ छु,
मेरो आँखा त्यसई नै आसुका धाराको मुहान बन्ने गर्छ सम्जेर ल्याउदा ति बिगतका पलहरु !
नेपालबाट यहाँ सम्मको यात्राको बर्णन गर्दा पनि मलाई नै अप्ठेरो लाग्छ न खुलेर भन्न नै
सक्छु ४-५ वटा देश घुमेर अन्त्यमा म यहाँ आई जहाँ छु, यस्लाई कर्म भुमी बनाएकी छु ।
जीवनमा धरै कुरा गर्‍यो त्यो त्यती बेलाको अपरिपक्कता भनुकि देखा सिकी गर्ने बनी तर
मलाई कुने गुनासो छैन, कसैले मलाई खेलौना नै बनाउन खोज्छ भन्ने थाहा पाए पछी म त
त्यस्को गुडिया बनिन नि ! म त्यसईमा खुशी छु बस मेरो मुटुको टुक्राको मुख हेरेर मेरो जीवन
व्यतित गरी रहेछु अनी गर्ने नै छु पनि ! मेरो उदेस्य नै यही रहेको छ अब ...........
.......................
सबै भुलेर अगाडि बड्न खोज्छु म तर पनि त्यही बितेका पलहरु खलनायक बनी आँखाको अगी
तेर्सि-दिन्छन । धरै चोटि प्रयास गरे घन्न्टौ सम्म रोएर बसे , कुरा गरे मैले तर पनि अगाल्न
सक्तिन म उसलाई ! धरैले मेरो मनसग अनेकौ वहाँना लगाएर खेले सम्जिन / बुज्न गल्ती गरे
मैले, तर पनि एक दिन उ न-बोल्दा कस्तो-कस्तो लाग्छ ! म केही भन्न नि सकीराछैन अब म
कहाँ जाउ के गरु ! “यसै गरी बिताई दिन्छु दुई दिनको जिन्दगी हासोमा हराइ दिन्छु, वोतलसगै
रित्ताइ दिन्छु मेरो यो जिन्दगी !” पैसा तिरेर INTERNET बस्नु छ, गाली खान आए जस्तो पनि
भो तर त्यो चाँही बेकुफ नै हो, जसले गाली गर्थ्यो जोसग आजकल म बोल्न चाहन्न ! जो सग
बोली रहु जस्तो लाग्छ उ मसग तर्किन थालेको छ ........................... !!
...........................
होला उसग म खुलेर बोल्न सकिन, आफ्नु पिडा पोखाउन सकिन । कसरी विश्वाश गरु म यि लोग्ने
मान्छेहरुलाई ! तिनिहरु नै हुन जस्ले आईमाईलाई तन्ना र खुट्टा को मोजा सम्जन्छन । कसरी
सुम्पु म फेरी आफ्नु भबिस्व त्यही लोग्ने मान्छे को हातमा ............... ! होस् फेरी
मलाई पिडा खप्नु छैन HOSPITAL को BED को साहारा लिनु छैन ! एक चोटि छोडि सकेको
पानीको अर्को प्रकारको झोललाई मेरो दैनिकी बनाउनु छैन मैले....... होस् फेरी.....।
...................................