Aug 31, 2007

~~~ " यो मनको भाव" ~~~





.....................
~~~ " यो मनको भाव" ~~~
.....................
रित्तो सडकमा भौतारिएको मन
पानी पिउने आशामा तड्-पिएको मन
भोको पेट लिएर स्वर्गको सपना देखने मन
आज किन आँफै टोलाई रहेछ / आँफैमा झस्की रहेछ
....................
माथि आकाश तिर हेर्छ, अन्तिम द्रिस्य पहिल्याउन खोज्छ
दाँया फर्केर हेर्छ असान्ती, अ-सन्तुस्टी अनी कोलाहलमय बातावरण पाउछ
बाँया फर्केर हेर्छ, आफ्नु कार्यमा सन्तुस्ट रहेका मान्छेहरुको जमात पाउछ
तल जमिन तिर हेर्छ, आफ्नु अन्तिम केन्द्रबिन्दु यही हो भनी सोच मग्नहुन्छ
.....................
मन मेरो कतै हराएको त छैन, मलाई छोडेर पाखा लागेको त छैन
पागल, घमन्डी, एकल-काटे जस्ता उपनामले सोच्न वाध्य बनाएको छ
सबैको राम्रो चिताउदैइ, सके सम्म अरुको भलाई गरी-दिदै हिंड्ने यो मन
जीवन को यो मोडमा आएर पछुताई रहेको छु / तर्सी रहेको छ !!
......................
वद्-लिनु पर्ने रहेछ, परिवर्तन देखाउनु पर्ने-रहेछ
देखावटी समाज न हो, छेउ न टुप्पोका वात गरेर, हावामा देखाएर
मान्छे रुपधारी प्राणीको मन जितिदो रहेछ, मन जितिदो रहेछ
मान्छे रुपधारी प्राणीको मन जितिदो रहेछ, मन जितिदो रहेछ !!
......................
.....................