Feb 2, 2007

१. !!! "नयाँ संसार - मेरो संसार" !!!

........................
नयाँ संसारको स्वपनिल कल्पना सगै
परिवेस सग परिवर्तन हुने चाहना सगै
बाडी अनि दैबी प्रकोपको पिडा छि-छोलेर
नयाँ संसारमा प्रवेस् गर्न अतालिएको
हावाको भेग झै,चलबलाइ रहने यो समय
...........................
कहिले निरनकुस् जहाँनिया शासन लादने
कहिले स्वतन्त्रताको नाममा, एकलौटी
पन्चायती व्यबस्था को खोस्टा ओडाउने
कहिले "देखावटी बहुदलिय प्रजातन्त्र" भनि
आफु सर्वै-सर्वा हुन, बाटो बुन्न खोज्ने यो समय
...............................
आन्दोलन जारी छ, सहिद बडिरहेका छन
तर पनि उचित निकास् दिन सक्तैन यो समय
कोलाहल छ,बर्‍रवर्ता पूर्ण दमन छ,अन्त नजिक छ
तर पनि आपसी द्वन्दको चपेटामा फसेको छ, समय
आफ्नु बाटो छोडेर लरखरायको छ,सुस्ताएको छ यो समय
....................................
आखिर सबै मानव न हौ,अनि हाम्रो देशको सन्तती
तर पनि किन छुवाछुत्,"राजाबादी,पहाडे-मदेसी"
भनि नयाँ अध्यायको सुरुवात गर्छ यो समय
छोडौ बितेका कथा,नयाँ संसारको सुरुवात गरौ
अबको परिवेस् खुला मित्रताको परिवेस्
..........................
अनि बनाउ,अबको संसार स्वत्रतात्मक संसार
अब को संसार हरेक को लागि "नयाँ संसार - मेरो संसार"
........................................