Jan 11, 2007

२ !!! सुनयता !!! - (sunyata)

...................
न घाम छ - न छहारि नै
सुन-सान छ अनि अन्धाकार
कोलाहल युक्त भिड छ
अनि देखावटी औपचारिक्ता
................
एक्लिएको मन छ,गल-हत्त्याइएको तन
दुनियाँलाई टाढा छोडि जिउनु छ
लुकेर बस्नेलाई सगहाल्नु छ
वाच्न अनि लड्न सिकाउनु छ
अनन्त मै,आफुले आफुलाई पकृनु छ
....................
तर देख्छु म सबै खाली खाली
बाडी आए पछाडिको बगर जस्तो
आकाशमा हिंड्ने चरिलाई
सागरको गहीराई थाहा नभएजस्तो
......................
कता जाउ,के गरु कस्-लाई आफ्नु भनु म
यो काहाली लाग्दो,अत्याचरि अन्धाकारमा
कसरी आशाको दिप जलाउ म
कुन भागवाट प्रकाशको ज्योति छरु म
........................
यो निस्ठुरी वस्तिमा कस्लाई आफ्नु भनु म
टुहु टुहु मात्र सुनिने सुन्या-अधेरीको राज्यमा
कसरी सभ्यताको दिप प्रज्वल गरु म
कसरी यो मौनतालाई तिलान्जली दिन सिकाउ
कसरी यो सुन-यता लाई तोडु म ??
............................