Jan 11, 2007

१. " म "

........................
सम्जिन्छु ति हरेक यादहरु
आँफै नै लजाएर हास्न थालदछु
कल्पन्छु मेरा आउँदा दिनहरु
सुनसान देखि दिक्क मान्छु
.................
तर पनि खुशी छु म
बितेका छन मेरा दिनहरु
केही पलको लागि अरुलाई हसायर
चाहन्छु म,अजै बितोस् जिन्दगी मेरो
यसैगरी हासुन अरु धरै मान्छेहरु
......................
के थिय म - के भए अहिले
के सोचे थिय मैले - के भो अहिले
नितान्त उल्टो हुन पुगेछ
सोचेको भन्दा बिपरित पो भएछ
........................
घरि घरि आँफैमा डुब्छु म
अनि आफ्नै अतित पल्टाउन पुग्छु
सोचि सोचि आँफैलाई धिकार्छु !
अनि सबैलाई केटा केटी देखन थालदछु
हो,आफ्नै बिगत सम्जी वर्तमानमा
कसैलाई पनि बिश्वास गर्न सक्तीन म
.......................
न-फरकाउ मलाई फेरी नयाँ संसारमा
बिगत देखि नै वाक्क भइसकेको छु
न देउ मलाई नयाँ सपनाहरु
बिगत मै फुटायर चकना-चुर
पारी सकेको छु
..................
बस् तिमी एकोहोरो बोलिराख
म लुकी रहन्छु - तिमी
बोली राख - म भागी रहन्छु
........भागी रहन्छु !!
.................