Jan 6, 2007

४. !!! मलाई माफ गरीदेउ !!!

...........................
तिमीले भनेको दोबाटोमा तिमीलाई कुरी रहे
उर्लदो वरसात को भेलमा तिमीलाई सम्झी रहे
तिमी आउने सडकमा नजर दौडाइरहे
तर तिमी आयनौ
......................
लाग्छ तिमीले बाचा गरेकी थियौ
कतै त्यो मेरो कल्पना पो थियो कि
सम्जिन्छु तिमी मलाई कुरेर बस्छु भनेकी थियौ
कि कतै मेरो कान पो बजेका थिय कि
........................
झरिमा असिनाले मलाई स्वागत गरे
मिठो चुटाइको दाग मैले पाय
हुरी बतासले मलाई उडाउन खोजे
मैले आफुलाई बिजुली को खम्बसग टासिरहे
........................
मैले त केही पाय, म खुशी छु
......................
आखिर मा जे छौ, तिमी माहान छौ
मैले तिमी लाई कुरी बसे
केही छैन, यो त मेरो बाहाना हुन सकछ
यक तर्फी सोच्नुको परिणाम हुन सकछ
.........................
तिमी लाई मन पराउनुको फल हुनसक्छ
...........................