Jan 6, 2007

३. !!! २४ बर्ष बाल्य जीवन !!!

..........................................
मेरो जन्म मिती २०३८ भाद्र ८ तसर्थ २४ बर्षको भाको थिय!!
..........................................
कति विवस् छ मेरो जिन्दगी
हरेक बर्षको जन्मेको दिन सगै
कति निर्दयि छ यो समय
हरेक पलको वहाव सगै !
.....................
पाईला टेकेको हिजो जस्तो लाग्छ
तर आज लक्का जवान भयछु
क,ख पढैको अहिले जस्तो लाग्छ
तर म सिकाउने पो भयछु !
.....................
मलाई अजै याद छ
ओछयानमा पिसाब फेरेको
तर आज आफ्नै भन्जी ले फेर्दा
गाली गर्न पुगेछु !
............
अजै झल्-झल्ती समजन्छु,
बामे सर्दै हिंड्न खोजेको
गतिवान समय ले नै हो
मलाई आज बुढो बनायको
................
अझै मन लाग्छ,
बालक भइ लडि-बुढी गर्न
निस्चल्, निस्कपट निडर
अनुहार लिइ सबै तिर घुम्न
..................
तर किन्, म हरेक भाद्र ८ सगै
बुदो हुँदै गइ रहेको छु !
अनि हरेक दिन दारी जुगा काटी
तन्नेरी हुन खोजी रहेछु !
.................
तन्नेरी हुन खोजी रहेछु !
.................