Jan 6, 2007

६.!!! पागल मन !!!

..............................
सुनेथे पागल मान्छे हुन्छन भनेर
कोलाहल होस् या यकान्त, आँफै बरबराउछन भनेर
भोगे आज आँफैले नै त्यो सत्यलाई
बनायो आज मलाई पागल ! मेरो मन ले नै !!
.................................
भिडमा खोजीरहन्छ, अनधकारमा भौतारीरहन्छ
बुज्ने प्रयास गर्दैन सत्यलाई, आँफै बर्-बराई रहन्छ
घरि के भनि फलाक्छ अनि दारा किटेर हेर्छ
चुपचाप यकोहोरी-रहन्छ अनि बालक झै आशु पो झार्न थाल्-दछ
...........................................
अनि बन्छ कभी फेरी महा-कभी, के के कोर्छ उसैलाई थाहा छैन
बेहाल छ, क्रोधित छ, बस् कोरी रहन्छ सादा कागजमा
केही पल पछी, दरो अडान लिय जस्तो लाग्छ अनि हास्न थाल्दछ
तब कागजलाई आकासमा उडाइ उत्तर आउछ कि भनि झितिज तिर हेर्दैछ
................................................
असम्भब दुनियाँ, लुक्ने मान्छे, ठग्ने मान्छे, कायर मान्छे
वास्तविकता सग डराउने-भागने मान्छे, सग उसको केही चलदैन
लाचार हुन्छ, अनि अलगिन खोज्छ तर पनि सक्दैन, उसलाई तानी रहनछन
अब उ हारि सको, उसलाई हराई सके,स्वार्थी मानिस् हरुले पागलको उपनाम दिके
....................................................
बस् केही रहेन उसको न सपना, न बिपना नै,यतिकै कटाउन चाहन्छ जिन्दगी
दिनहरु कसैको मिठो परखाइमा बिताउन चाहन्छ, तर पनि उसलाई हर समय घोची रहन्छन
मानिस् का बचनहरु बाण-बनी झोच्न थाल्दछन, उ अज कठोर बन्छ
उसलाई झणिक भोकले सताउछ अनि जे भेटो त्यही खान सुरु गर्दछ
.............................................
हुँदा-हुँदै उसमा लत बसीसक्छ वास्तविकतामा परिणत हुन्छ
केटाकेटीले पनि जिस्काउन थाल्दछन,शहर को नामुद पागल कहलिन्छ,
हो, म पागल हु, पागल ! म पागल भय तिम्रो मायामा
मलाई पागल बनायो तिम्रो चाहनाले ! म पागल !! पागल !!!
पागल भय मेरो मन ले, मेरो मनमा रहेको तिर्मो मायाले
..............................................