Jan 6, 2007

७. !!! ईशारा !!!

..........................
दिनछन अर्थ धरै नै, ईशारा दिनेहरुले
कल्पन छन धरै सपनहरु ईशारा न-बुज्ने हरुले
मान्छे को मन न हो, जहिले पनि आशाबादी रहन्छ
आफ्नु सम्झी कल्पे-पछी, राम्रो मात्र सोच्न थाल्दछ
.................................
अन्धकार नै अन्तिम हो भने,म ईशारा को अर्थ कता मोडु
मुटुको चाहनालाई मिचेर्, म कता तिर भागु
हो म ! बाँच्नको लागि ईशाराको अर्थ आफुतिर मोड्दै छु !!
कसैको बोल्ने मन नभयपनि,जबरजस्ती बोलाउने गोरेटो तयार गर्ने गरेको छु
...............................................
पल-पलमा परिवर्तन हुने परिवर्तनसिल ईशाराका छनकहरु
अनि अल्-मल्लमा पार्ने गरी निस्केका ति बिचारका प्रलयहरु
के लगाउ अर्थ म ! ईशारा नै देखावटी भयपछी
अरुको बिचारलाइ टाईम पास् गर्ने साधन सम्जेपछी
........................................
आपत्ति आयोस्, कोलाहाल मय पैरो आयोस्, मलाई बगायर पुरोस्
ज-हा निमीटान्न होस्, आज सम्म मैले पायका दोबाटे ईशाराहरु
पुरोस् मेरो मुटुमा खत बनी बसेका आशाका दियाहरु
निवोस् मेरो मुटुमा जलीरहेका स्वार्थी ईशाराका किरणहरु
देखावटी ईशारा का गन्धहरु - झुटो आशाका दिपहरु !!
........................................