Jan 6, 2007

२.!!! समयको खेल !!!

........................
आज भोली भन्दा-भन्दै जुगौ बितेछ
हिजो सगै हुर्केका सग्, निकै टाढा पो भइयछ
घर छोडेको हिजो जस्तो लाग्छ
तर समयको चक्रले नाटो पो काटी - सकैछ
.........................
आफु भने साथी-साथी भन्दै सम्जिने गर्थे
तर सबै साथीहरुले नयाँ साथी पो भेटी सकैछन
समय को परिवर्तन नै यस्तै रहेछ
आज को भेट अनि भोली को बिछोड,यस्को रित नै रहेछ
......................................
हिजो सगै खेलेको, अनि स्कुलमा झगडा गरेको
होम वोर्क सार्न न-दिदा हप्ता दिन न-बोलेको
हिजो सम्म नाङै हिन्ने कलीला मुहारहरु
आज यक्लो वाट्, दुक्लो जीवनमा पो प्रबेश गरीसकेछन
छोरा-छोरी को बाबु-आमा पो भइसकेछन
.....................................
आउ समय आउ वगाउ तिमी सगै हामीलाइ पनि
पौडिइ जाने छौ हामी पनि, भाग्य तिम्रो काधमा राखेर
फाल्नु छ भने फाल्, बाचाउनु छ भने बाचाउ
हामी त तिमीले श्रीजना गरेको खेलको महरा न हौ
आउ समय आउ,हामीलाई पनि भिडन्तमा सामेल गराउ
.............................
जब सम्म हाम्रो प्राण रहने छ-हामी खेल्दै जानेछौ !
हामी खेल्दै जानेछौ !!
....................