Jan 7, 2007

२.!!! रहर !!!

.................
मन का रहर हरु
परालको आगो झै बले
डडेलोमै परि सकिय
न कोइला नै बने
...........
तृसना त्यसै मेटियो
अनन्तमा बिलायो
चाहेको कहीले न-पुग्ने
यो मेरो परिचय नै भयो
................
चाहना मेरा, यकादेशका कथा भय
रहरहरु,सपनामा रुपानन्तरन भय
आफ्ना रहरहरुलाई थाति राखेर
आफ्नाका रहर पुराउनका लागि,म लागिपरे
.....................
अरुको लागि बाँच्न म विवस् भय
अरुको रहर पुरा गर्नु नै
मेरो रहर बन्न गयो !
मेरो रहर बन्न गयो !!
...............