Jan 7, 2007

४. !!! के सुनाम म हजुर लाई !!!

................
के सुनाम म हजुरलाई
कता बाट सुरु गरु
जताबाट पल्टायर हेरेपनि
वार-पार छरलङ्ग देखछु
...............
बिगत तिर फर्कु भने
शिर झुकाउन वाध्य हुन्छु
भोली को बारेमा सोछु भने
अन्धकार नै अन्धकार देख्छु
...................
न केही थियो म सग
न केही बचेँको नै छ
जिउदो भइकन पनि
मरेको लास् समान छ
.............
न हिजो मेरो साथमा थियो
न भोली नै रहला
तर पनि खै के खोज्दै
म त्यसै भौतारी रहेको छु
................
कुन भागको कथा सुनाम म हजुरलाई
कुन समयको नाटक देखाम
जता कोटयाअ पनि पिडा मात्र हुन्छ
अभागी को भाग्य छरलङ हुन्छ
....................
तर पनि जुदिरहेको छु
नितान्त यक्लो भयपनि
छटपटाइ रहेको छु,चलवलाई रहेकोछु
यक्लै हिनीरहेको छु, हिनीरहेको छु !
.........................