Jan 8, 2007

१.!!! मेरो जन्म दिन !!!

.......................
परिवर्तित प्रहर्,परिवर्तनशिल नजर
आफुमा उब्जेका रहर,आकाशका तारा चुम्ने आकान्छा
अनि ममा बढन थालेका अनेकौ तृस्णाका भेलहरु
लाग्छ,म निकै हुर्केछु,बिगतका समय त्यसै खेर फालेछु
.....................................
सबै तिर नजर घुमाउछु, सजिव प्राणि देख्छु
निर्जिव वस्तुमा पनि जिवन चक्र पाउछु
अनि आफ्नु बारेमा सोचि,आफुलाई नै धिकार्न थालदछु
किन मैले समयलाई बुजिन्,प्रगतीको बाटोतर्फ
आफ्नु जीवनलाई डोरयाउन सकिन
.......................
हिजो सम्म ठुलालाई, बुडोमान्छे भन्ने म
आज आफ्नै अनुहार हेरी लज्जित हुनपुग्छु
अरुले छीटै गरेको प्रगतीदेखि इश्या गर्न विवस् छु
अनि अरुलाई दोस् दि,शायद भनि आफ्नु
मनलाई बुजाउन लालयित छु
....................
हरेकसाल यही भाद्र ८ ले, म
बुडो भयको प्राणाम दिलाउछ
केही गर्न नसक्ने लाचार मनुस्यलाई
केहीछीनको लागि भयपनि हसाउछ
.....................
दोसी छु म,हो दोसी ! किन कि
भोली-भोली भन्दै बाँच्न बानी परेको थिय
स्वार्थी समाजमा अरुले मेरो
भविस्व बनाइदिने आशा पालेको थिय
........................
त्यसैले जिवनको २५ औ वसन्तमा
पनि सबैबाट टाडियर बाचेको छु
आफ्नु मान्छेको मायालाई मुटुमा सँगालेर
देखावटी खुशी निकाल्ने प्रयास गरेको छ
..........................
हासेर बाचेको अभीनय गरीरहेको छु
हासी खुशी जीवन कटायको
नाटक गरीरहेको छु, नाटक गरीरहेको छु
..........................