Jan 6, 2007

९. !!! पल - पल !!!

..........................
सिसा झै टुक्रीय मेरा बिगतका कल्पनाहरु
परालको आगो झै डडे मेरा सपनाहरु
त्यसैले तड्पी रहेछु म आँफै भित्र
कसैलाई बिर्सिने अधैर्य साहास् गरीरहेछु
........................
भनछन भन्नेले,चितायको पुग्छ भनेर
तर ति सबै शब्दमै सिमित हुँदा रहेछन
जली सकेको पराल, अनि टुक्री सकेका सिसा
कहाँ पुरानै रुपमा फर्किने रहेछन र !
.......................
कथा हो बितेका पलहरुको
सपना हो आउँदा दिनहरु को
बिगत सत्य अनि अटल रहनेरहे छन भने
सपनाहरु सुनन्या आकासमा झुल्ने रहेछन
.........................
समझन चाहन्न म बिगतमा कल्पेका सपनाहरु
त्यही कल्पि-कल्पी मनमा उब्जियका तरङहरु
सबै आँफैमा जोरी खोजी, करेन्ट भइ झडकाको रुप लिन्छन
आफ्नै बिचारहरु प्रलय बनी आधी हुरी बनी हिडछन
अनि करेन्टको झडका र पैरो यकैसाथ आइ
मलाई नै मार्न तयार हुनछन - मलाई नै मार्न तयार हुनछन
..................................