Aug 28, 2009

~रिमझिम अँधेरी प्रहर~

.......................................
मध्यान्ह रातको समय
पानीको रिमझिम आवाज
कम्प्युटरको मन्द संगित
कसैको नमिठो पर्खाइ

पेटमा सलबलावठ
मस्तिष्कमा खलबलावट
केएल टावरको आकृती
पल्लो कोठाको मादकता

मरि मरि बाँचेको जिन्दगी
बाँच्नलाई हाँसेको जिन्दगी
हाँस्नलाई देखाइएको जिन्दगी
देखिनलाई उभिएको जिन्दगी

स्वस्थ्य छ, उठ्न सक्तैन्
क्षमता छ, देखाउन सक्तैन्
खुल्ला छ, उम्किन सक्तैन्
निडर छ, बस्न सक्तैन्

आरोप छैन्, तैपनि श्रसित छ
रोग छैन्, तरपनि सुकेको छ
पिएको छैन, तैपनि मातेको छ
पागल छैन्, तरपनि देखिएको छ

मध्यरातको उजेलीमा हिनीरहेछ
पानीमा भिजिरहेछ, हाँसिरहेछ
कसैलाई भित्रैबाटै सझिरहेछ
तर पनि बोलाउने आँट छैन

तैभएर त
हरेक रात जुनलाई हेरेर कटाउँछ
ताराहरुसँग झगडा गरेर बिताउँछ
पानीसँग कुस्ति खेलर देखाउँछ
अँन्धकारको दिन गनेर बिताउँछ
अँन्धकारको रात हेरेर बिताउँछ


कपिल आचार्य
००६०१६३८८५०९०
.....................