Dec 6, 2008

~~ आइन उनि ~~


जिज्ञासु् मन लिई
प्यास मेटने आशामा
शब्दकोशको भण्डार खोज्दै
अर्थ बुझ्ने सपना लिई
मेरो छेउ आइन उनि

कौतुहुलतको नदि बनि
बाँटो, बाँध आफै बनाउँदै
प्रश्नै प्रश्नको उतार चढाव बनि
बर्खाको उर्लदो भेलझै
मलाई तर्साउन आइन् उनि

अर्थको बुझाइ हो कि
उत्तेजनाको क्षणिक झड्का
वास्तविकता बुझने प्रयास हो कि
मलाई गिज्याउने नुतन नीति
तै पनि,
मेरो निद भगाउन सफल भइन उनि

बोलु बोलु मात्र लाग्ने
उनको शब्द पढिरहुँ लाग्ने
मेरो विगत उनैले बनाए जस्तो
मेरो समयले उनको साहारा लिए जस्तो
मलाई आत्मैबाट चसक्क चिमोटिन उनले

साहारा विहिन क्षितिजको एक्लो यात्री, म
खुलेर मित्रता गर्ने रुचाउने, म
मित्रताको धरातललाई छाम्न खोज्ने, म
आफैले बनाएको पिंजडामा रम्ने, म
आफै बिलखबन्दमा परिरहेको छु
आखिर किन आइन उनि?

उनको खुला हृदय र अदृश्य मनोवृति
वैचारिक क्षमताले भविष्य कोर्ने मनोवल
विन्दास स्वभावको मिश्रण बनि
नयाँ बाटो पहिल्याई
मेरो छेउ आउछिन् भनि
आफैले कल्पि आफैमा हराइरहेछु
उनी आउँने नयाँ बाटो खोजीरहेछु
उनी आउँने नयाँ बाटो हेरीरहेछु

कपिल आचार्य